Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जिल्ला न्यायाधीश नियुक्तिका लागि 'सर्ट लिस्ट' मा परेका विरुद्ध उजुरी आह्वान

काठमाडौं । न्याय परिषदले जिल्ला न्यायाधीश नियुक्तिका लागि सर्टलिस्टमा परेका विरुद्ध उजुरी आह्वान गरेको छ । जिल्ला न्यायाधीशका लागि परिषदले ६३ जनालाई प्रारम्भिक छनोट (सर्ट लिस्ट) गरेको हो ।

परिषदको साउन १० गते बसेको बैठकले ६३ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो । २१ जिल्ला न्यायाधीश पदमा पूर्ति गर्नका लागि असार २७ मा सूचना जारी गरेको थियो ।

परिषदले असार २७ गते सात दिनको समय दिएर प्रत्यक्ष वा विद्युतीय माध्यमबाट आवेदन दिन गरेको आह्वानमा २०२ जना उपसचिवले जिल्ला न्यायाधीश पदका लागि निवेदन हालेका थिए।

परिषदले ज्येष्ठता, कार्यसम्पादन र अनुभवको आधारमा न्याय सेवाको उपसचिवबाट जिल्ला न्यायाधीश नियुक्त गराउँछ।

न्याय परिषद सचिवालयले सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका व्यक्तिहरुका सम्बन्धमा कुनै उजुरी भए ७ दिनभित्र परिषदको सचिवायलमा पेस गर्न आग्रह गरेको छ।

यो सूचीबाट जिल्ला न्यायाधीशको अन्तिम छनोट गरि नियुक्ति गर्ने न्यायपरिषद्को तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077