Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गौरव थापा भन्छन् - एन्फामा पदका लागि दबाब दिएको छैन

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरव थापाले एन्फाको पदका लागि कसैलाई अनुरोध र दबाब नदिएको बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा गौरवको नाम बाहिर आएपछि फुटबल वृतमा विवाद सृजना भएको थियो।

गौरवले बुधबार एक विज्ञप्ति जारी गर्दै पदका लागि दबाब नदिएको स्पष्ट पारेका हुन्।

फिफाको प्रतिबन्धमा रहेका गणेश थापाले गौरवलाई सिइओ अथवा सह–महासचिव नियुक्तका लागि दबाब दिदै आएको एन्फाकै पदाधिकारीले आरोप लगाउँदै आएका छन्

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077