Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोकुल बाँस्कोटा भन्छन् - राजनीतिक र आर्थिक हिसावले संघीयता आवश्यक छैन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संघीयताबारे बहस हुन थालेकामा खुसी व्यक्त गरेका छन्।

नेपालमा ऐतिहासिक, राजनीतिक र आर्थिक कोणहरूबाट संघीयता आवश्यक नरहेको उनको तर्क छ। उनले प्रदेश खारेज गरेर संघ र स्थानीय दुई तह र समावेशिता नै पर्याप्त हुने उल्लेख गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘बम पड्काएर उडाउ भनेको हैन, छलफल गरौँ भनेको हो। जिब्रै थुतुँला झैँ गर्छन् कोही त। राजनीति ब्यक्तिको पोजिसनका लागि हैन देशको पोजिसनका लागि गरौं। नो तनाव।’

प्रदेशहरूमा बढ्दो बेथिति र अराजकताका कारण संघीयता भारी बन्दै गएको उनले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077