Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जंगली च्याउ खाँदा ११ जना बिरामी, चारजना गम्भीर

रसुवा । जंगली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् ।

जंगली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेको जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुले जनाएको छ ।

उनीहरुलाई थप उपचारार्थ त्रिशुली अस्पताल रिफर गरिएको छ ।

उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको र उनीहरुले त्यहाँ के काम गर्थे भनेर यकिन नभएको डा फोजुले बताए।

तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउ लगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077