Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको फोहोर बोकेर पुगेका ट्रकलाई फेरि रोके बन्चरेका स्थानीयले

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् ।

स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गर्दे गाडी रोकेका हुन् ।

फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ ।

महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको जनाइएको छ ।

काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077