Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा वायुसेनाको विमान दुर्घटना, दुईजना पाइलटको मृत्यु

एजेन्सी । भारतीय वायु सेनाको एक विमान दुर्घटना भएको छ ।

बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको हो ।

राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी वान विमान बिहिबार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा दुर्घटना भएको भारतीय वायुसेनाले जनाएको छ ।

दुर्घटना यति भयानक थियो कि विमानका भग्नावशेषहरु आधा किलोमिटरपरसम्म उछिट्टिएका थिए ।

परीक्षण तालिमका क्रममा विमान दुर्घटना भएको बुझिएको छ । तर दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077