Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - मंसिर ४ गते चुनाव हुने पक्कापक्की छ, केही दिनमा घोषणा हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् ।

शुक्रवार नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।

प्रवक्ता महतले अबको केही दिनमा चुनावको मिति घोषणा नै गरिने समेत दाबी गरे । उनले भने, 'मंसिर ४ गते त निर्वाचन हुँदैछ । पक्कापक्की छ । केही दिनमा त्यो घोषणा हुन्छ, औपचारिक रूपमा ।'

यस्तै प्रेस युनियनको महाधिवेशनको सम्बन्धमा दुई पक्षले फरक-फरक समयमा मिति तोकेको उल्लेख गर्दै उनले महाधिवेशन नै अनिश्चित बनेको स्थितिमा आफूले सम्भव गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077