Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

खाजा पसलेलाई हात, खुट्टा कपडाले र मुखमा टेप बाँधी लुटपाट, पाँचजना पक्राउ

काठमाडौं । खाजा पसलमा लुटपाट गरेको आरोपमा महिलासहित पाँचजना पक्राउ परेका छन् । यही साउन ८ गते चावहिल सरस्वतीनगरस्थित ५३ बर्षीया भिम कुमारी लिम्बुको खाजा पसलमा चोरी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जोरपाटी काठमाडौं बस्ने २२ वर्षीय भुपाल श्रेष्ठ, सिन्धुपाल्चोक हेलम्बु घर भई दक्षिण ढोका बस्ने २२ वर्षीय कल्याणकुमार सुवेदी, सिन्धुपाल्चोक सुकुटे घर भई जोरपार्टी बस्ने, २३ वर्षीय कबिर कुँवर, मकवानपुर छतिबन ४ घर भई नयाँबस्ती वस्ने २४ वर्षीय उत्तम तामाङ र सिन्धुपाल्चोक तैथली घर भई सरस्वतीनगर बस्ने ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन् ।

जिल्‍ला प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धानको बिविध बिधि र प्रविधिहरुकोसमेत प्रयोग गरी अनुसन्धान गर्दै जाँदा उक्त घटना संलग्न भई फरार रहेका उनीहरुलाई विभिन्न मितिमा कपन, जोरपाटी र माकलबारी लगायतका स्थानहरुबाट पक्राउ गरिएको हो ।

कुकुरलाई दिशा गराउन भनी सटर खोल्दा तीनजना ब्यक्तिहरु एक्कासी सटरभित्र प्रवेश गरेका थिए । उनीहरुले खाजा पसल सञ्चालिका लिम्बुको हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधी कुटपिट गरी सुनको सिक्री, सुनको कुण्डल, फुली, औंठी र नगद लगायतका धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरी बृत्त गौशालाबाट उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077