Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माधव नेपाल भन्छन् – नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो

    माधव नेपाल भन्छन् – नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 861
    SHARES

    फाइल तस्विर

    डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् । एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपाले यस्तो बताएका हुन् ।

    गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको नेपालले बताए । अबको संघ र प्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने नेपालको भनाइ छ ।



    नेपालले भने, ‘ स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’ उनले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने बताए । पार्टी एकताको लागि गृहकार्य भने भइरहेको नेपालले बताए ।



    नेपालले नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो भएको बताए । आफूहरूले सच्चा कम्युनिष्ट पार्टी वनाउन खोजेको नेपालको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार