Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खोटाङ भूकम्प : केही पूराना घरमा क्षति

खोटाङ । खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

उक्त भूकम्पले केही घरमा क्षति पुगेको र सोको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077