Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तुलसीपुर हवाई इन्धन डिपोको गेटमा तालाबन्दी

तुलसीपुर । तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी भएको छ ।

दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघले संयुक्त रूपमा ताला लगाएका हुन् ।

जहाजमा तेल भर्न जेठ १२ गते ११ हजार लिटर क्षमताको बाउजर ल्याइएको थियो । इन्धन भर्न प्रयोग हुने बाउजर अझै सञ्चालनमा आइसकेको छैन ।

लामो प्रयासपछि मात्र नियमित सञ्चालनमा आएको विमानस्थलाई बन्द गराउने षड्यन्त्रस्वरूप बाउजर लैजान थालिएपछि ताला लगाउनुपरेको उनिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077