Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी

सल्यान । जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् ।

आइतबार साँझ सिद्ध कुमाख गाँउपालिका ५ माझखर्क बस्ने मन बहादुर रोकाको घर नजिकै जंगलबाट ल्याएको च्याउ खाएर उनको परिवारका तीन जना बिरामी परेका हुन् ।

मनबहादुरकी श्रीमती केउली रोका, आमा देबी रोका र बुवा गोपी रोका बिरामी भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेकोमा केउली रोकाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077