Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गगन थापाले भने – युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक छ

    गगन थापाले भने – युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक छ

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 786
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन् ।

    काठमाडौं महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्रिया कार्यक्रममा बोल्दै उनले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताएका हुन् ।



    संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाए ।



    बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरक मत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार