Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मेयर बालेनको आग्रह : अण्डरग्राउण्ड पार्किङ अन्य काममा प्रयोग नगर्नु

    मेयर बालेनको आग्रह : अण्डरग्राउण्ड पार्किङ अन्य काममा प्रयोग नगर्नु

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नक्सामा अण्डरग्राउण्ड पार्किङ पास गराएर अन्य प्रयोजनका लागि प्रयोग गरिएको भए हटाउन निर्देशन दिएका छन् ।

    बानेश्वर क्षेत्रको फुटपाथ अवलोकनका क्रममा मेयर बालेनले फुटपाथ सफा भएपछि अब फरक प्रयोजन प्रयोग गरिएका पार्किङ क्षेत्र खाली गराउन निर्देशन दिएका हुन् ।



    घरधनीले नक्सामा पार्किङ बनाउने उल्लेख गरे पनि त्यस ठाउँमा सटर हालेर पसलहरू राखिएको भेटिएको भन्दै उनले फरक प्रयोजनमा प्रयोग गरिएको भए हटाउन निर्देशन दिएका हुन् ।



    मेयर बालेनले अण्डरग्राउण्ड पार्किङको नक्सा पास भएको घरमा भएको पसलहरू खाली गराउन निर्देशन दिएका हुन् । यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार