Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मेयर बालेनको कविता – अरुलाई के भनम्, म आफैँ खराब छुु !

    मेयर बालेनको कविता – अरुलाई के भनम्, म आफैँ खराब छुु !

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 459
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले समसामयिक राजनीतिक घटनाक्रमप्रति व्यंग्य गरेका छन् ।

    मेयर बालेनलेमंगलवार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत व्यंग्य गरेका हुन् ।



    मंगलवार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा राजसंस्थाको मागसहित प्रदर्शन गरेको थियो ।



    प्रदर्शनका क्रममा झडप हुनुका साथै उपत्यकाको यातायात प्रभावित भएको थियो ।

    यसै परिपेक्षमा व्यंग्य गर्दै उनले कविता लेखेका छन्, ‘म राजा हुँदा लोकतन्त्र चाहियो भन्छु, राजा खराब भो । म गणतन्त्र आउँदा राजा चाहियो भन्छु, जनतन्त्र हराम भो । म जनता हुँदा नेता बन्न खोज्छु । नेता बन्दा जनता लडाउँछु । कमजोर हुँदा बलियोलाई रोज्छु । बलियो हुँदा आफैँ हराउछु ! म आफैँ आफ्नो शत्रु, म आफैँ दबाब हुँ ! म अरुलाई के भनम् ,म आफैँ खराब छु !’

    र्‍यापर पृष्ठभूमिका मेयर बालेन बेला–बेला कवितात्मक शैलीमा नेता र राजनीतिक विसंगतिमाथि व्यंग्य गर्ने गर्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार