Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मेयर बालेनले टर्चर दिएको काठमाडौं महानगरकी कर्मचारी घिमिरेको आरोप

    मेयर बालेनले टर्चर दिएको काठमाडौं महानगरकी कर्मचारी घिमिरेको आरोप

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले टर्चर दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै एक कर्मचारीले कानूनी र पेशागत लडाइँ सुरू भएको घोषणा गरेकी छन् ।

    महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर बालेनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने घोषणा गरेकी हुन् ।



    सामाजिक सञ्जाल फेसबुकमार्फत घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर करार कर्मचारीलाई अनियमित ढंगले पैसा खर्च गरेको गुनासो गरेकी छन्।



    घिमिरेले लामो समयदेखि मेयर बालेनको प्रशासनमा विनाकारण जिम्मेवारीविहीन बनाएर राखिएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको आरोप लगाएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार