Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तिरुपती होटललाई बालेनको नियम नलाग्ने ?

    तिरुपती होटललाई बालेनको नियम नलाग्ने ?

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । सडकपेटी बिगार्ने र मिच्नविरुद्ध काठमाडौं महानगरपालिकाले आक्रामक कारबाही गर्दै आएको छ ।

    सडकपेटीमा सामान राख्दा समेत ५० हजार रुपैयाँसम्म जरिवाना तिराउने गरिएको छ ।



    तर, काठमाडौं महागनरपालिकाको कार्यालयबाट करिब सय मिटरको दुरीमा रहेको कमलादी मोडस्थित तिरुपती होटलले फुटपाथ नै गायब बनाएको भने उसले देखेको छैन ।



    फुटपाथललाई बिगारेर होटलले आफ्नो पार्किङमा जाने ओरालो बाटो बनाएको छ । जसकारण सो होटल अगाडिको फुटपाथमा सर्वसाधरणहरू सडकमा निस्कनुपर्ने हुन्छ ।

    अपांगता भएका व्यक्तिहरूहरु त ठूलो समस्यामा पर्दछन् । महानगरको केन्द्रीय कार्यालयकै छेउमा यसरी फुटपाथ अतिक्रमण हुँदा पनि महानगरले ध्यान नदिएको विषयमा स्थानीयहरू आश्चर्य मान्छन् ।

    सो होटलका सञ्चालकको पहुँचकै आधारमा फुटपाथ बिगार्दा पनि कारबाही नभएको आशंका गरिएको छ ।

    यसले मेयर बालेन्द्र साह (बालेन)माथि समेत प्रश्न उठेको छ । होटलको सञ्चालक ललितपुरकी कल्पना आचार्य हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार