Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राजदूत थम्प्सनले दिए मेयर बालेनलाई अमेरिका भ्रमणको निम्तो

    राजदूत थम्प्सनले दिए मेयर बालेनलाई अमेरिका भ्रमणको निम्तो

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 570
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

    भेटका क्रममा राजदूत थम्प्सनले मेयर बालेनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्। भेटका क्रममा मेयर बालेनले आपसी कार्यक्रमका रुपमा आइटीको तालिम चलाउन सकिने धारणा राखेका थिए ।



    यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्ने बालेनको धारणा थियो । मेयर बालेनले युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौंले काम गरिरहेको समेत जानकारी दिएका थिए ।



    यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतबासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेको मेयर बालेनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार