Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एक वर्षमा नेपालीले खाए साढे १७ अर्बको फलफूल

    एक वर्षमा नेपालीले खाए साढे १७ अर्बको फलफूल

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 849
    SHARES

    काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिव साढे १७ अर्ब रुपैयाँको फलफुल आयात गरेको छ ।

    भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफुल नेपाल भित्रिएको हो ।



    सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको विभागले जनाएको छ ।



    उक्त मूल्यमा गत आर्थिक वर्ष विभिन्न प्रकारका २९ करोड ७८ लाख ८२ हजार ३७ केजी फलफुल नेपाल भित्रिएको छ ।

    गतवर्ष नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र १ अर्ब ६३ करोड ७१ लाख ३४ हजार रुपैयाँको केरा आयात गरेको छ ।

    सोही समयमा १ अर्ब १० करोड ९४ लाख ७८ करोड रुपैयाँको आँप तथा अम्बा, १ अर्ब २७ करोड १९ लाख ७५ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४४ करोड ५४ लाख ४३ हजार रुपैयाँको अंगुर नेपालले आयात गरेको छ ।

    विभागका अनुसार गतवर्ष १ अर्ब १३ करोड ६२ लाख ८८ हजार रुपैयाँको अनार, ५६ करोड १८ लाख ७५ हजार रुपैयाँको खरबुजा, २६ करोड ५४ हजार रुपैयाँको मेवा र १५ करोड १ लाख ७५ हजार रपैयाँको भुइकटर नेपाल भित्रिएको छ ।

    विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको फलफुलहरु आयात गरेको थियो ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालले ९३ करोड ६० लाख ३६ हजार रुपैयाँ बढीको फलफुल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार