Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाविरुद्ध सैन्य कारबाही गर्ने चीनको घोषणा, जनमुक्ति सेना 'अलर्ट'

एजेन्सी । आफ्नो कडा चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी सभामुख न्यासी पेलोसी ताइवान पुगेपछि चीनले सैन्य कारबाही गर्ने घोषणा गरेको छ।

मंगलबार राति चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको चरणबद्ध शृंखला सुरु गर्ने घोषणा गरेको चीनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

ग्लोबल टाइम्सले भनेको छ, ‘पीएलएले पेलोसीको ताइवान टापुको भ्रमणको प्रतिरोध गर्न, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्न सैन्य कारबाहीहरूको श्रृंखला सुरु गरेको छ।’

मंगलबार राति अमेरिकी युद्धबिमानमा चढेर ताइवान अवतरण गरेपछि अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको गतिशील कूटनीतिलाई अमेरिकाको अटल प्रतिबद्धताको सम्मानस्वरुप आफू नेतृत्वको प्रतिनिधिमण्डलले यहाँको भ्रमण गरेको बताएकी छन्।

ताइवान उत्रिएपछि उनले ताइवानी नेतृत्वसँग हुने वार्ताले साझा रुचिको प्रबद्र्धन र साझेदारीका लागि अमेरिकी समर्थनको सुनिश्चितता गर्ने बताइन्।

उनले सामाजिक सञ्जालमा विश्व निरंकुशता र प्रजातन्त्रबीच एक छनौट गर्नुपर्ने अवस्था भोगिरहेका बेला ताइवानका २ करोड ३० लाख जनताप्रति अमेरिकाको ऐक्यबद्धता पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको उल्लेख गरिकी छिन्।

चीनको कडा असहमतिका बाबजुुद पेलोसी ताइवान उत्रेपछि दुई देशबीचको सम्बन्धमा थप दरार उत्पन्न भएको छ। सैन्य कारबाही गर्ने चीनको घोषणाले दुई महाशक्ति राष्ट्र हतियारसहित आमन्ने सामन्ने हुने हो कि भन्ने संन्क्रास विश्वभर फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077