Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रहरी समायोजनमा सरकारले गम्भिरता नदेखाए आन्दोलन गर्छौ : भरतप्रसाद साह

    प्रहरी समायोजनमा सरकारले गम्भिरता नदेखाए आन्दोलन गर्छौ : भरतप्रसाद साह

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 948
    SHARES

    जनकपुरधाम । प्रहरी समायोजनका लागि संघीय सरकारले गम्भिरता नदेखाए चरणबद्ध आन्दोलन गर्ने मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले चेतावनी दिएका छन् ।

    बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।



    प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाइए पनि संघीय सरकारले गम्भिरता नदेखाएको उनले आरोप लगाए ।



    प्रदेशका सबै राजनितिक दलहरूको बैठकबाट नै यस्तो निर्णय गरिएको भन्दै मन्त्री साहले आफुहरुको आन्दोलनमा प्रदेशका हरेक राजनितिक दलको समर्थन र सहयोग समेत रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार