Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • असारे विकासको गलत प्रवृति पत्रकारिता क्षेत्रमा पनि मौलायो : मन्त्री शाह

    असारे विकासको गलत प्रवृति पत्रकारिता क्षेत्रमा पनि मौलायो : मन्त्री शाह

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 1.8K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले उपलब्ध न्यून श्रोत साधनलाई अधिकतम उपयोग गर्दै पत्रकारिता क्षेत्रको विकासमा जुट्न मातहतका निकायहलाई निर्देशन दिएका छन् ।

    जनकपुरधामस्थित आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको कार्यालय मंगलबार निरीक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । प्रदेश सरकारसँग उपलब्ध न्यून श्रोत साधनलाई अधिकतम उपयोग गर्दै उनले भने ‘सङ्घीयता अभ्यासको क्रममा रहेकोले समस्या धैरै छन् तर सिमित श्रोत साधनमै अधिकतम कार्य गर्नु आवश्यक छ ।’



    राजनीतिक परिवर्तनहरुमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको अस्मरण गर्दै मन्त्री साहले पत्रकारिता क्षेत्रमा राम्रो गर्नेलाई पुरस्कृत र पित्त पत्रकारिता गर्ने दण्डको व्यवस्था आवश्यक रहेको बताए । असारे विकास गर्ने प्रवृति तलदेखि माथिसम्म रहेकोले रकमको अध्यधिक दुरुपयोग भईरहेको बताउँदै उनले भने ‘असारे विकासको गलत प्रवृति हरेक क्षेत्रमा मौलाएको छ, त्यसैले त्यसलाई परिवर्तन गरेर वर्षात शुरु हुनु अगावै सम्पूर्ण काम पुरा भईसक्नुपर्ने मानसिकताको विकास हुनु जरुरी रहेको छ ।’



    साउन र भदौ महिनामा आवश्यक गृहकार्य एवम् पूर्व तयारी गरेर असोजदेखि नै महत्वपूर्ण कामहरु अगाडि बढाउन मन्त्री साहले निर्देशन दिए । मन्त्रालयबाट चाँडै अख्तियारी पठाउने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘जनशक्ति अभाव पूर्ति गर्न हामी गम्भीर छौं, तपाईहरु द्रूत गतिमा काम अगाडि बढाईदिनुपर्यो ।’

    कार्यालय निरीक्षणका क्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णले पत्रकारिता क्षेत्रले राजनीतिक परिवर्तनहरुमा निभाएको भूमिका अत्यन्तै सराहनीय रहेको बताए । प्रदेश २ मा रहेका संचारकर्मी तथा सञ्चारमाध्यमहरुको विकासकालागि थप सशक्त भएर काम गर्न मातहतका अङ्गहरुलाई निर्देशन दिए । कर्मचारी अभावलाई पूर्ति गर्न समेत आफुले तत्काल पहल थाल्ने राज्यमन्त्री कर्णले प्रतिवद्धता व्यक्त गरे ।

    मन्त्री साह, राज्यमन्त्री कर्ण र मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको निरीक्षण गरेका छन् । त्यसक्रममा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले उनीहरुलाई विभिन्न समस्याहरु सम्बोधन गर्न ध्यानाकर्षण–पत्र बुझाएका छन् । यसैगरी काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराईले समेत कार्यालयको अवस्थाबारे मन्त्री साह र राज्यमन्त्री कर्णलाई जानकारी गराएका छन् । उनीहरुलाई दुवै कार्यालयमा स्वागत एवम् अभिनन्दन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार