Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शहीद परिवारलाई तीन लाख उपलब्ध गराउने सरकारको निर्णय

    शहीद परिवारलाई तीन लाख उपलब्ध गराउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.2K
    SHARES

    सप्तरी । प्रदेश २ सरकारले मधेशमा विभिन्न समयमा भएको आन्दोलनको क्रममा घाइते तथा शहादत प्राप्त गरेका शहीद परिवारहरुलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

    आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो ।



    मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले प्रदान गरिने प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।



    सोमबार नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले यो रकम प्रदान गरिने बताए ।

    प्रदेश सरकारले मधेश आन्दोलनमा घाइते भएकाहरुलाई पनि रकम प्रदान गरिने मन्त्री साहले बताए । उनले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिए ।

    यसपटक प्रदेश सरकारले सप्तरीमा बलिदानी दिवस मनाउदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार