Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यी हुन् प्रदेश २ को नामकरणका लागि प्रस्ताव गरिएका चार नामहरु (सूची)

    यी हुन् प्रदेश २ को नामकरणका लागि प्रस्ताव गरिएका चार नामहरु (सूची)

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम ।  प्रदेश २को  प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि चार वटा नाम प्रस्ताव भएका छन् ।

    बिहीबार प्रदेश सभाको ८ औं अधिवेशनको दोस्रो बैठकमा मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा र मध्यमधेस प्रदेश गरि चार नामहरु प्रस्ताव भएका हुन्।



    बैठकमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश नाम प्रस्ताव गरेका छन् ।



    नेकपा (एस)ले प्रदेशको नाम जानकी र नेपाली कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेका छन् । यस्तै, नेपाली कांग्रेस पर्साका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेस नाम प्रस्ताव गरेका छन् ।

    यसैगरी, बिहीबारको प्रदेश सभा बैठकमा प्रदेशको राजधानी सम्बन्धि प्रस्तावमा समेत छलफल भएको छ । राजनीतिक दलहरु प्रदेशको राजधानी जनकपुरधाम राख्न यस अघिकै अधिवेशनमा प्रस्ताव गरेका थिए ।

    प्रदेशको नाममा सहमति नहुँदा राजधानीमा एक मत भएपनि प्रस्ताव पारित हुन सकेको छैन । छलफलमा सहभागी हुँदै लोसपाकी सांसद रानी शर्मा, नेकपा(एस)का सांसद रबिन्द्र बैठाले जनकपुर राजधानीका लागि उपयुक्त रहेको बताउँदै जानकपुरलाई राजधानी बनाउनु पर्ने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार