Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यी चार सरकारी संस्थानलाई बैङ्कहरूले जति पनि लगानी गर्न पाउने

    यी चार सरकारी संस्थानलाई बैङ्कहरूले जति पनि लगानी गर्न पाउने

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 867
    SHARES

    फाइल फोटो

    काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाहरूले कुनै सीमा विना जति पनि कर्जा लगानी गर्न पाउने अर्को संस्था थपिएको छ ।

    राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडलाई थप गरेको हो । योसँगै बैङ्क तथा वित्तीय संस्थाहरूले कुनै सीमा विना जति पनि कर्जा लगानी गर्न पाउने निकाय चार पुगेको छ ।



    यसअघि नेपाल आयल निगम लिमिटेड, नेपाल खाद्य संस्थान र कृषि सामग्री कम्पनी लिमिटेडलाई मात्र कर्जासँग सम्बन्धित जोखिमबाट सुरक्षित हुने पर्याप्त व्यवस्था गरी वाणिज्य बैङ्कहरूले जति पनि कर्जा लगानी गर्न पाउने छुट थियो ।



    हालैको नयाँ व्यवस्थाले अब साल्ट ट्रेडिङ्गले पनि आफ्नो व्यावसायिक वृद्धि विकासका लागि बैंकबाट जति पनि कर्जा माग्न सक्ने र बैङ्कहरूले पनि कर्जाको सुरक्षण हेरेर लगानी गर्न पाउने भएका छन् । यी चार वटै निकायहरू सरकारद्वारा निर्देशित तथा नियन्त्रित सरकारी संस्थानहरू हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार