Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निक्षेप र कर्जा घट्यो

    निक्षेप र कर्जा घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ ।

    नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो ।



    चालु आर्थिक वर्षको साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७।२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको थियो ।



    समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत रहेको छ । २०७९ साउन मसान्तमा यस्तो निक्षेपको अंश ३७.४ प्रतिशत रहेको थियो ।

    समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई अर्ब ३१ करोड (०.०५ प्रतिशत) ले घटेको थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार