Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भोलिदेखि मतदाता नामावली संकलन नहुने

    भोलिदेखि मतदाता नामावली संकलन नहुने

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 918
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।

    निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने जनाएको हो ।



    आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।



    चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ । चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ । स्थानीय तह निर्वाचनपछि खुलेको नामावली संकलन आज भने जारी रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार