Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

    अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    म्याग्दी । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो ।

    अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो ।



    सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।



    पहिरोले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो । मौसममा सामान्य सुधार आएपछि बुधबारदेखि सडक मर्मतको काम थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार