Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जापान सरकारबाट ऋण लिन वार्ता टोली गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले शहरी विद्युत प्रशारण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट ऋण लिन वार्ता टोली गठन गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।

सरकारले विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि

जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करीब १४ अर्ब ६९ करोड सहुलीयतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेकोहो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077