Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जंगली च्याउ खाँदा सल्यानमा आठजना बिरामी

सल्यान । शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जंगली च्याउ खाँदा आठ जना बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुपबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली,छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली बिरामी भएका हुन्।

जिल्ला अस्पतालमा सामान्य उपचार पछि गएराति नै उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै शारदा नगरपालिका ४ साइलाकम्दमा ४० वर्षीया मिना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत बिरामी भएका छन्।

शुक्रबार साँझ जंगली च्याउ खाएर सुतेका उनीहरू राति बिरामी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077