Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • भोलिदेखि चोलेन्द्र शम्शेरमाथिको महाअभियोगबारे संसदमा छलफल हुने

    भोलिदेखि चोलेन्द्र शम्शेरमाथिको महाअभियोगबारे संसदमा छलफल हुने

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा आइतबारदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ ।

    संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकबारे प्रकाशन गरेको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख गरेको हो।



    कार्यसूचीको बुँदा नम्बर ४ मा मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।



    जवराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।

    फागुन १९ गते संसदमा प्रधानन्यायाधीश राणामाथिको महाभियोग दर्ता भएपनि उनी निलम्बनमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार