Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रतिगमनको विरुद्धमा एक भएका दलहरु मिलेर निर्वाचनमा जाँदा राम्रो हुन्छ : कोइराला

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् ।

सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले काँग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए ।

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको विरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077