Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सेयर बजारमा १० अंकको सुधार, २ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ३.१० अंकले बढेर ४०९.५५ विन्दुमा पुगेको छ।

आज २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँमा कारोबार भयो।

सेयर कारोबारको अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ३४.६१ अंकले घटेर २११३.५५ विन्दुमा अडिएको थियो। सो दिन कूल २ अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक बढ्यो भने १ को मात्रै घट्यो। होटल्स एन्ड टुरिजम समूहको सूचक सर्वाधिक २.१६ प्रतिशतले बढ्यो। ट्रेडिङ,डेभलपमेन्ट बैंक, हाइड्रो पावर,फाइनान्स र अदर्श समूहको सूचक १ प्रतिशत बढिले बढ्यो।

लाइफ इन्स्योरेन्स समूहको सूचक भने ०.०५ प्रतिशतले ओरालो लाग्यो। शिवम सिमेन्ट्स १३ करोड बढिको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077