Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ तलबमान विवाद : देशभरका नासुहरू आज बिदामा

काठमाडौं । आज देशभरका नायब सुब्बा (नासु) हरू बिदामा बस्दै छन् । सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नासुहरू बिदामा बस्न लागेका हुन् ।

बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै आन्दोलनमा रहेका नासुहरूले आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका नासुहरुले हिजो सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए । हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न लागेका हुन् ।

कर्मचारीको तलब बजेटमा घोषणा गरिएकोभन्दा बढी बनाउन संसदीय समितिले गरेको सिफारिसका आधारमा सरकारले सार्वजनिक गरेको नयाँ तलबमान विवादमा परेको छ । देशभरका विभिन्न सरकारी कार्यालयमा झन्डै २० हजार नायब सुब्बा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077