Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नरदेवीबाट ७४ लाख हुण्डीको पैसासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ७४ लाख रुपैयाँसहित काठमाडौंको नरदेवीबाट ३ जनालाई पक्राउ गरेको छ ।

सोमवार अनामनगरबाट ७४ लाख नगद अवैध हुण्डीको पैसा र २६ लाख ३२ हजार रुपैयाँको ९ वटा चेक सहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको राजस्थानका ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका २० वर्षीय रामहरी दुलाल र रौतहटको चन्द्रपुरका २४ वर्षीय सुदिप आचार्य रहेका छन् ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077