Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२६ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा घर भई हाल काठमाडौँ नारायणथान बस्ने ५२ वर्षका हर्क बहादुर राई रहेका छन् । राईले गएको असार १५ गते आफ्नो नाममा भएको जग्गा महिलाको नाममा नाम सारि गरी सस्तो ब्याजमा ऋण उपलब्ध गराई दिने प्रलोभन देखाई २६ वर्षीया महिलालाई धुलिखेल लगेर जबरजस्ती गरेका थिए ।

महिलालो घटना भएको ११ दिनपछि परिवर्तन का लागि सहकार्य नेपालमा निबेदन दिएको थियो । त्यही निबेदन र प्रमाणका आधारमा संस्थाले घटनाको जहेरीका आधारमा प्रहरीलाई खबर गरेको थियो ।

अहिले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077