Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आठौँ पटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार

एजेन्सी । नितिश कुमारले बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन् । उनीसँगै तेजस्वी यादवले पनि शपथ लिएका छन् ।

राजभवनमा आयोजित एक कार्यक्रममा बिहारका राज्यपाल फागु चौहानले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

एक दिन अघि, नितिश कुमारले एनडीए गठबन्धनसँग सम्बन्ध तोड्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि उनले राष्ट्रिय जनता दलसँग मिलेर नयाँ सरकार बनाउने दाबी गरेका थिए ।नितिश कुमारले १६५ विधायकको समर्थन रहेको दाबी गरेका छन् । सन् २०२० को विधानसभा चुनावमा नितिश कुमारले बीजेपीसँग चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077