Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन तयारीका लागि नेकपा एसले दियो नेताहरुलाई जिम्मेवारी, दल दर्ता गराउने जिम्मा तुलाधरलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादी ले मंसिर ४ मा हुने निर्वाचनबारे पूर्व तयारी गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मा उपमहासचिव गंगालाल तुलाधरलाई दिएको हो ।

त्यस्तै निर्वाचन घोषणापत्र मस्यौदा तयार गर्न प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव वेदुराम भुसालले जानकारी दिए । प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारीको मापदण्ड र छनोट विधि बारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मा दिएको छ ।

साथै बैठकले निर्वाचन निर्देशिका तयार पार्न पार्टीको कानुन विभाग र निर्वाचन विभागलाई जिम्मा दिएको छ । पार्टीको कानुन विभागमा रामचन्द्र झा छन् भने निर्वाचन विभागमा रामकुमार भट्टराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077