Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

    नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 978
    SHARES

    काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि चापमा गाडी चलिरहेका छन् ।

    बिहान साढे ४ बजेतिर नागढुङ्गाको झ्याप्ले खोला नजिकै गाडी बिग्रिएकाले एकतर्फीरुपमा गाडी चल्दा चाप बढेको हो ।



    बिग्रिएको गाडी हटाएर सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यतिबेला अन्य मख्य सडक खण्डमा भने गाडीको आवतजावत सामान्य छ ।



    तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार