Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नागढुङ्गा–नौबिसे सडक खण्ड एकतर्फी खुल्यो

    नागढुङ्गा–नौबिसे सडक खण्ड एकतर्फी खुल्यो

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि आलोपालोमा गाडी चलिरहेका छन् ।

    यो सडक खण्ड अन्तर्गत पात्लेवनमा ठूलो ढुङ्गा खसेकाले सडक एकतर्फी मात्रै खुलेको हो । एकतर्फी मात्रै सडक खुलेकाले आलोपालो गरेर गाडी पास गराइएको प्रहरीले जनाएको छ ।



    यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ । अहिले पनि यो सडकमा गाडीको लामो लाइन लागेको छ ।



    यसैबीच, सडकमाथिबाट खसेको ढुङ्गाका कारण काठमाडौं र नुवाकोट चल्ने गाडी पनि रोकिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार