Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खगराज अधिकारी घोषणा - एमालेले दुई तिहाई सिट नजिते राजनीतिबाटै सन्यास लिन्छु

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दावी गरेका छन् ।

बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै नेता अधिकारीले यस्तो बताएका हुन् ।

अधिकारीले त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफु राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गरे

। उनले भने,‘एक्लाएक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा बढि सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077