Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा चुनावी तालमेलका लागि सत्ता गठबन्धनले थाल्यो छलफल

बुटवल । सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेलका लागि छलफल थालेको छ ।

शुक्रबार नेपाली कांग्रेसको प्रदेश कार्यालय, बुटवलमा बसेको पाँच दलका नेताहरुको वैठकले बैठकले कमजोरीका बाबजुद स्थानीय निर्वाचनमा तालमेल सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा र प्रदेश सभा बैठकमा गठबन्धनलाई अझै मजबुत बनाएर लैजाने निर्णय गरेको छ ।

बैठकले साझा उम्मेदवार चयनका लागि आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077