Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीमा क्यासिनोसहित पाँच तारे होटल खुल्दै, कांग्रेस नेता कोइरालाले गरे शिलान्यास

कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ को हरैयामा सुदूरपश्चिमकै पहिलो पाँच तारे होटल सञ्चालनमा आउने भएको छ ।

शनिबार नेता डा.शशांक कोइरालाले एक कार्यक्रमकाबीच 'आईडिया होटल एण्ड क्यासिनो' को शिलान्यास गरेका हुन् ।

आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले दुई हजार जना अटाउने सेमिनार हल, १५ सय जना अटाउने क्यासिनो हल लगायतका संरचना निर्माण गरिने जानकारी दिए । उनका अनुसार होटलमा १५० वटा अतिथि कोठा पनि बनाइनेछ ।

होटल करीब २ विघा जग्गाको क्षेत्रफलमा निर्माण हुनेछ । आइडिया ग्रुपको नाममा हरैयामा २३ विघा जग्गा रहेकोमा बाँकी क्षेत्रलाई आइडिया सिटीका रुपमा प्रयोग गरिने श्रेष्ठ बताउँछन् । सो होटल निर्माणमा करीब २ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077