Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भालेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना भालेकानोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोनाले यसै सिजन भित्र्याएको पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गोलको अवसरलाई रेफ्रीले अफसाइड करार दिएका थिए।

त्यस्तै अर्को एउटा उत्कृष्ट अवसरमा उनी फ्रेम बाहिर प्रहार गर्न पुगेका थिए। उता भालेकानोका सर्जियो क्यामेलोले पनि राम्रो अवसर बनाएर पनि सदुपयोग भने गर्न सकेनन्।

इन्ज्युरी समयमा बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट रेडकार्ड खाँदै बाहिरिएका थिए। योसँगै उपाधिको सदाबहार दाबेदार बार्सिलोनाले घरेलु मैदानमा अंक बाँड्दै लिगको सुरुवात गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077