Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अलमुताइरीले बोलाएका खेलाडीको लिस्ट खारेज गर्दै हुमागाईँले प्रशिक्षणमा बोलाए ४० खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरेको छ ।

असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि यसअघि अल्मुताइरीले २६ जना खेलाडीको सूची एन्फामा दिएका थिए । तर त्यो सूची खारेज गर्दै एन्फाले कार्यवाहक प्रमुख प्रशिक्षक प्रदिप हुमागाईंको सिफारिसमा ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

हुमागाईंले बोलाएकामा यसअघि अलमुताइरीसँगको विवादका कारण टिमबाट बाहिरिएका १० मध्येका ९ जना खेलाडी पनि छन् ।

टोलीमा बोलाइएका खेलाडी :

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का, अमित तामाङ

मिडफिल्डर : सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आवास लामीछाने, सुनिल बल, आयुष घलान्, सुजल श्रेष्ठ, अञ्जन विष्ट,

फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आषिश चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077