Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनले भने - फोहोरको थुप्रोमा कुहिएको खेल खेलेर राजनीतिको नाम नदिउँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोरमा राजनीति नगर्न आग्रह गरेका छन् ।

धादिङको धुनिबेँशी नगरपालिका वडा नम्बर १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक्ने भन्दै आन्दोलन गर्ने घोषणा गरेपछि मेयर साहले फोहोरको थुप्रोमा कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गरेका हुन् ।

बालेनले आइतबार साँझ सामाजिक सञ्जालबाट संविधानले परिकल्पना गरेको एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापविपरीत आफूलाई असफल बनाउने प्रयास भइरहेको गुनासो गरे ।

'हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौंरु फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊँ,' उनले‍ लेखेका छन्, 'राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन। यसमा हेक्का राखौं।'

यस्तै आज काठमाडौंको फोहोर बञ्चरेडाँडामा पुर्‍याउन दुई पटक अवरोध भएको समेत उनले बताएका छन्। दुईचोटिको अवरोध समाधान गरी अघि बढ्दा तेस्रोपटक पनि अवरोधको कोसिस भएको उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077