Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी

काठमाडौं । गत साउन २३ गते सोमबार बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ ।

तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

अनुसन्धानकै क्रममा भएकाले उजुरी परेकाहरूको नाम सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ । काठमाडौं महानगरले स्थानीय केही समूहले गाडी र डोजरमा तोडफोड गरेको आरोप लगाएको छ ।

अज्ञात समूहले १५ वटा फोहोर बोकेका गाडी र तीनवटा महानगरका डोजरमा तोडफोड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077