Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बैतडीमा पासोमा परेको चितुवा मर्‍यो

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा परेको चितुवा मरेको छ।

दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा फसेको चितुवा मरेको हो ।

किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि पासो थापेका थिए। तर, त्यो पासोमा चितुवा फसेको थियो।

फसेको चितुवाको उद्धारका लागि बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली गएको बताइएको छ । तर, उक्त टोली नपुग्दै चितुवा मरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077