Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली पैसा दिई नगद ठगी गरेको आरोपमा गोंगबु बसपार्कबाट तीनजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कमा नक्कली पैसा दिइ नगद १२ हजार रुपैयाँ लिइ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं गोंगबु बस्ने गुल्मी इस्मा गाउँपालिका–६ घर भएका ३२ वर्षीय लक्ष्मण कुमाल सहित तीनजना छन् ।

रुपन्देही शुद्धोधन गाउँपालिका–१ मुर्गिया घर भएका २२ वर्षीय पुरूषलाई विभिन्न बहाना बनाइ कागजको नक्कली रुपैयाँ दिइ नगद ठगी गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले नगद ३९ हजार रुपैयाँसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077