Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बिहिबार २७ अंकले नेप्से बढ्दा २ अर्बमाथिको कारोबार

काठमाडौं । आज नेप्से परिसूचक २७.७२ अंकले बढेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ। बुधबार नेप्से ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा पुगेको थियो।

सो दिन २२२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर २ अर्ब ५७ करोड ९८ लाख ५७ रुपैयाँमा खरिदबिक्री भयो।

दुई कम्पनीको सेयर मूल्‍य १० प्रतिशतले बढ्दा दुई कम्पनीको १० प्रतिशत हाराहारीमा बढ्यो। मन्दाकिनी हाइड्रो पावर र अपर सोलु हाइड्रो इलेक्ट्रकको सूचक १० प्रतिशतले बढेको हो।

यस्तै स्वेत गंगा र अपर हेवाखोला हाइड्रोपावरको सूचक क्रमश : ९.९७ र ९.९६ प्रतिशतले बढ्यो। कारोबारमा आएका १३ समूहको सूचकमा हरियाली छाएको छ।

डेभलपमेन्ट बैंक र फाइनान्स समूहको सूचक ३ प्रतिशतले बढ्दा हाइड्रो पावर,अदर्श समूहको सूचक २ प्रतिशत बढिले बढ्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077